मच्छिन्द्रनाथको जात्रा

या:क मिसा अर्थात अविवाहित एकल महिला, जसले जीवनभर विवाह गर्दैनन् । तर बुंगद्य (मच्छिन्द्रनाथ)को प्रेमिकाका रुपमा रहन्छन । प्रत्येक वर्ष मच्छिन्द्रनाथको जात्रामा या:क मिसा बस्ने कीर्तिपुरको प्यंगथाँको उनको घरमा गएर फूल प्रसाद दिने गरिन्छ ।
मच्छिन्द्रनाथको रथ तानेर जाउलाखेल लैजानु चार दिन अगाडि मूल पुजारी जलः पानेजु खालि खुट्टा हिडेर प्यंगथाँ पुगेर मच्छिन्द्रनाथको प्रेमिका याकः मिसालाई फूल प्रसाद दिने गर्दछन् । याकः मिसालाई कहिले देखि मच्छिन्द्रनाथको प्रेमिकाका रुपमा लिइयो । तथा कहिले देखि मच्छिन्द्रनाथको फूल र प्रसाद चढाउने परम्परा रह्यो । यसको कुनै ऐतिहासिक तथ्य भेटिदैन ।
तर लक्ष्मीकुमारी महर्जनले भने बिगत ६३ वर्षदेखि फूलप्रसाद ग्रहण गर्दै आइरहेकी छिन् । २०१७ सालमा उनले पहिलो पटक फूलप्रसाद लिँदा उनी केवल १० वर्षकी थिइन् । यस वर्ष केही अन्योलताले फूलप्रसाद चढाउन जाने कि नजाने विवाद रहेको थियो ।
अन्तत लामो छलफल पछि प्यंगथाँमा राखिएको बुंगद्य र याक: मिसाको प्रतिमुर्ति हटाउने सहमति पछि लामो समय देखिको प्रथाले निरन्तरता पायो ।
प्रतिक्रिया