सोमबार, वैशाख ८, २०८२

कोरोना : विश्वमा संक्रमितको संख्या झण्डै ६७ लाख पुग्यो, अमेरिकामा एक लाख १० हजारको मृत्यु

नेपालखोज २०७७ जेठ २३ गते ८:४०

एजेन्सी । विश्वमा कोरोना संक्रमितको संख्या झण्डै ६७ लाख पुगेको छ। पछिल्लो तथ्यांक अनुसार विश्वमा ६६ लाख ९७ हजार ७ सय ६३ जनामा संक्रमण देखिएको छ।

यस्तै विश्वभर ३ लाख ९३ हजार १ सय २७ जनाको ज्यान गइसकेको छ। विश्वभरमा ३२ लाख ४४ हजार भन्दा धेरै मानिसले यसको संक्रमणलाई जितेका छन्।

पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ३३ जनाको मृत्यु भएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख दश हजार नाघेको छ। पछिल्लो विवरणअनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख १० हजार १७३ पुगेको छ।

ब्राजिलमा एकै दिन १४ सय ९२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ ६ लाख १५ हजार संक्रमित रहेका छन्। ३४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

त्यस्तै रुसमा ४ लाख ४१ हजार भन्दा धेरै संक्रमित छन्। भारतमा २ लाख २६ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ भने ६ हजार ३ सय ६३ जनाको ज्यान गईसकेको छ।

प्रतिक्रिया