नेप्सेमा सामान्य बृद्धि

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से पाँच दशमलव ८८ अंकले बढेर १८ सय ८३ दशमलव २० अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १४ अंकले बढेर तीन सय ५८ दशमलव ३३ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ७३ वटा कम्पनीहरुको ३४ हजार तीन सय ३१ पटकको कारोबारमा ४८ लाख २८ हजार सात सय ७६ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ६० करोड चार लाख ९२ हजार सात सय ३१ रुपैंयाँ ५३ पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ६६ अंकले बढेर १२ सय २३ दशमलव १३ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ५४ अंकले बढेर नौं हजार पाँच सय २८ दशमलव ९१ अंकमा चढेको छ ।
यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ४५ दशमलव ३६ अंकले बढेर नौं हजार आठ दशमलव २६ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि बढेका छन् ।
बिकास बैंक समुहको सुचक भने सात दशमलव ८८ अंकले घटेर तीन हजार चार सय ९९ दशमलव २१ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि छ दशमलव ५१ अंकले घटेर दुई हजार तीन सय ५७ दशमलव शुन्य एक अंकमा झरेको छ । यि बाहेक फाईनान्स र उत्पादनमुलक समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १४ हजार एक सय सात रुपैयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ५६ प्रतिशतले घटेर १२ सय १० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
शिवम सिमेन्टको भने आज प्रतिकित्ता चार सय नौं रुपैंयाँ अन्तिम मुल्यमा छ करोड १७ लाख ६५ हजार चार सय ८० रुपैंयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया