डेटाको गलत प्रयोग गरेको आरोपमा मेटालाई १ अर्ब ३० करोड डलर जरिवाना

काठमाडौं । युरोप र अमेरिकाबीचमा मानिसहरूको डेटा ट्रान्सफर गर्दा गलत प्रयोग गरेकामा फेसबुकको मालिक मेटालाई १ अर्ब ३० करोड डलरबराबर जरिवाना गरिएको छ ।
आयरल्यान्डको डेटा संरक्षण आयोग (डिपिटी) द्वारा जारी सूचनामा युरोपियन युनियन (इयू) को सामान्य डेटा संरक्षण नियमन गोपनीयता कानुनअन्तर्गत यो जरिवाना सर्वाधिक ठूलो भएको बताइएको छ। यता मेटाले यस्तो अनुचित र अनावश्यक निर्णयविरुद्ध अपिल गर्ने छ।
यस निर्णयको मुख्य आधारमा युरोपेली संघ डेटालाई अमेरिकामा स्थानान्तरण गर्न मानक अनुबन्ध खण्डहरू (एससिसी) को प्रयोग हो। युरोपेली आयोगले तयार पारेका यी कानुनी सम्झौताले युरोपबाहिर डेटा स्थानान्तरण गर्दा व्यक्तिगत डेटा सुरक्षित गर्ने कुरा सुनिश्चित गर्छ ।
यद्यपि चिन्ताको विषय भनेको डेटा प्रवाहले अझै पनि युरोपेलीलाई अमेरिकाको कमजोर गोपनीयता कानुनको पर्दाफास गर्छ र अमेरिकी गुप्तचरले डेटामा पहुँच राख्न सक्छन् भन्ने हो। तर यो निर्णयले बेलायतमा फेसबुकलाई कुनै असर गर्ने छैन।
विश्वमा धेरैजसो ठूला कम्पनीसँग विदेशी प्राप्तकर्ताका लागि डेटा ट्रान्सफरको जटिल जालो छ। जसमा इमेल ठेगाना, फोन नम्बर र आर्थिक विवरण समावेश हुन सक्छन्। यीमध्ये कैयौँ एससिसी मा निर्भर छन्। त्यसको व्यापक प्रयोगले जरिवानालाइ अनुचित बनाने मेटाको भनाइ छ।
फेसबुकका अध्यक्ष निक क्लेगल भन्छन्, ‘यसकारण हामी युरोपमा सेवा प्रदान गर्न इच्छुक हजारौँ कम्पनीले झैँ समान कानुनी संयन्त्रको प्रयोग गरिरहँदा एक्लो भएका छौँ। यो एक्लाइले दुःखी बनाएको छ ।’
निकका अनुसार यो निर्णय त्रुटिपूर्ण र अनुचित छ। युरोपियन युनियन र अमेरिकाबीच डेटा स्थानान्तरण गर्ने अनगिन्ती कम्पनीका लागि यो खतरनाक उदाहरण हो । तर गोपनीयता समूहले भने उक्त निर्णयको स्वागत गरेका छन्। इन्टरनेसन एसोसियन अफ प्राइभेसी प्रोफेसनलका केटलिन फेनेसी भन्छिन्, ‘यो रेकर्ड तोड्ने जरिवानाको आकार यसले पठाएको संकेतको महत्वसँग मेल खान जान्छ। यसले कम्पनीमाथि जोखिम छ भन्ने देखाउँछ ।’
दशक लामो युद्ध
सन् २०१३ मा पूर्वअमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी ठेकेदार एडवर्ड स्नोडेनले अमेरिकी अधिकारीहरूले फेसबुक र गुगलजस्ता प्रविधि कम्पनीमार्फत मानिसको गोप्य सूचनामा बारम्बार पहुँच राखेको खुलासा गरे। उता अस्ट्रियाका गोपनीयता अभियन्ता म्याक्स स्रेम्सले आफ्नो गोपनीयता अधिकारको रक्षा गर्न असफल भएको भन्दै फेसबुकविरुद्ध कानुनी मुद्दा दर्ता गरे र ईयुको डेटा अमेरिकामा सार्ने वैधानिकतामा दशक लामो लडाइँ थाले।
युरोपको सर्वोच्च अदालत, युरोपियन कोर्ट अफ जस्टिस (इसिजे) ले युरोपेली नागरिकको सूचना संरक्षण गर्न वासिंगटनसँग पर्याप्त जाँच नभएको भन्दै आइरहेको छ। सन् २०२० मा इसिजेले इयूदेखि अमेरिका डेटा स्थानान्तरण गर्ने सम्झौतालाई अमान्य ठहर गर्यो। यस्तै, इसिजेले कम्पनीहरूलाई एससिसीको प्रयोग गर्ने ढोका भने खुलै छोडेको छ। इसिजेले कुनै पनि तेस्रो देशमा डेटा स्थानान्तरण वैध हुँदासम्म यसले डेटा सुरक्षाको पर्यापत स्तर सुनिश्चित गर्ने पनि बताएको छ। र यो परिक्षणमा मेटा असफल भएको प्रमाणित भएको छ।
सन् २०२१ मा अमेजनलाई इयूको गोपनीयता मापदण्ड उल्लंघन गरेकामा जरिवाना गरिएको थियो।
- BBC / INS
प्रतिक्रिया