‘हुक्का : एन एब्सर्ड ड्रिम’ आजदेखि प्रदर्शन
नेपालखोज
२०८० जेठ १२ गते ११:३०

काठमाडाैं । नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आजदेखि प्रदर्शन भएकाे छ ।
सामाजिक विधामा निर्मित शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारले अभिनय गरेका छन् ।
सामाजिक कथानक चलचित्र भनिए पनि यसमा पूर्ण मनोरञ्जनको सामग्री रहेको अभिनेता घिमिरेले जानकारी दिए ।
‘हुक्का र त्यसको प्रतिष्ठालाई चलचित्रमा विम्बका रूपमा प्रयोग गरिएको छ । हाम्रो गाउँ समाजमा हुने घटनाक्रम र यथार्थलाई प्रस्तुत गरेका छौँ’, उनले भने ।
सम्बन्धित
प्रतिक्रिया