दाहालको ‘आँखामा गाजल’ सार्वजनिक
नेपालखोज
२०८० जेठ १३ गते १७:१७

काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
गायिका दाहालले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ सार्वजनिक गरेकी हुन् ।
गीतमा राजनराज शिवाकोटीले शब्द र सङ्गीत दिएका छन् । श्रव्यदृश्यमा समेत गायिका दाहाल र कुन्साङ्ग बम्जनको अभिनय देख्न सकिन्छ ।
‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ । पढाइसँगै गायनलाई पनि निरन्तरता दिने सोच छ’, दाहालले भनिन् । सरोज ओलीको निर्देशन, सुदीप बरालको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको उक्त श्रव्यदृश्यको गम्भीर विष्टले नृत्य निर्देशन गरेका हुन् ।
गायिका दाहालको ‘मायालु तिमी कता छौँ’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ लगायत गीत लोकप्रिय छन् ।
सम्बन्धित
प्रतिक्रिया