रास्वपाले भन्यो, ‘रेशमलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम’
नेपालखोज
२०८० जेठ १४ गते २१:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रेशम चौधरीलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम रहेको बताएकाे छ ।
विज्ञप्ति जारी गर्दै रास्वपाले सरकारले नै योजनावद्ध रुपमा कैदमुक्त गरेको बताएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा रेशमलाई आममाफी दिएका थिए । विज्ञप्तिमा भनिएको छ, ‘यो आममाफीको शर्त विपरीत मात्र नभई पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।’
लाल आयोगको प्रतिवदेन यथाशिघ्र सार्वजनिक हुनुपर्ने बताएको रास्वपाले आममाफी मानवअधिकारको उल्लंघन भएको बताएको छ।

सम्बन्धित
प्रतिक्रिया