बिहीबार, वैशाख ११, २०८२

सोमबार अपनाऔँ यी उपाय

नेपालखोज २०८० जेठ १५ गते ५:२८

काठमाडौं । भगवान शिवशङ्करको स्वरूप सबै देवताहरूमध्ये अद्वितीय छ। शरीरमा खरानी, ​​निधारमा चन्द्रमा, केस ( जटा ) मा गङ्गा र घाँटीमा भुजङ्ग भएका भगवान शिवलाई धेरै दयालु मानिन्छ। शिवलिंगमा एक गिलास जल चढाउँदा पनि महादेव प्रसन्न भई भक्तको मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

सोमबार भगवान शिवलाई प्रसन्न गर्ने र उहाँको आशीर्वाद प्राप्त गर्ने उत्तम दिन मानिन्छ । यसै कारण सोमबारका दिन महादेवका भक्तजनले विधि–विधान अनुसार पूजा गर्दछन् । अविवाहित युवतीहरूले पनि मनले रोजेको जीवनसाथी पाउन यो दिन व्रत बस्छन् ।

यसका साथै ज्योतिष शास्त्रमा भगवान शिवसँग सम्बन्धित यस्ता धेरै उपायहरू बताइएको छ जसको प्रयोगले मन पर्ने जीवनसाथी मात्र मिल्दैन हरेक मनोकामना पनि पूरा हुन्छ ।

शिवलिंगमा केसरयुक्त दूध 

जसको विवाहमा ढिलाइ भइरहेको छ, उनीहरूले सोमबार शिवलिंगमा केसर मिसाइएको जल चढाउनुपर्छ । यसले भगवान शिवलाई प्रसन्न तुल्याउँछ र चाँडै विवाहको सम्भावना हुन्छ ।

चाहेको जीवन साथी पाउन 

यदि इच्छित जीवन साथी पाउन चाहनुहुन्छ भने सोमबार गोस्वामी तुलसीदास जी द्वारा रचित रामचरितमानसमा उल्लेखित शिव-पार्वती विवाहको सन्दर्भ पढ्नुहोस् ।

भगवान शिवको रुद्राभिषेक 

सोमबारको दिन शिव मन्दिरमा गएर पाँच वटा फलफूलको रसले भगवान शिवको अभिषेक गराउनुहोस् । यसले विवाहको सम्भावना बढाउने मात्र नभई आफूमा आउने समस्या पनि हटाउने विश्वास गरिन्छ ।

मनोकामना पूरा गर्न 

भगवान शिवको मन्त्र ‘ओम नमः शिवाय’ निकै चमत्कारी मानिन्छ । यो मन्त्रले हरेक मनोकामना पूरा गर्नुका साथै समस्याहरूबाट समेत मुक्ति दिन्छ । यो मन्त्रको सकारात्मक परिणाम छिट्टै देखिन्छ । त्यसैले हरेक सोमबार यो मन्त्रको जप गर्नुपर्छ ।

प्रतिक्रिया