बिहीबार, वैशाख ११, २०८२

भगवान् विष्णुको कृपा प्राप्त गर्न के गर्ने ?

नेपालखोज २०८० जेठ १८ गते ५:१८

संसारका पालनकर्ता भगवान् विष्णुको आराधना गरि व्रत बस्दा साधकले वान्छित फल प्राप्त गर्छन । यसबाट घरमा सुख, समृद्धि र खुसि आउँछ भने आफुमा भगवान विष्णुको कृपा पनि कायम रहन्छ । यदि भगवान विष्णुको कृपा प्राप्त गर्न चाहने हो भने आफ्नो राशि अनुसार दान समेत गर्न सकिन्छ । राशि अनुसार यी चीजहरू दान गर्नु उपयुक्त हुन्छ ।

मेष : यो राशिका व्यक्तिले घरमा तयार पारिएको शुद्ध घ्यु तथा अन्न दान गर्नुपर्छ ।

वृष : विष्णु भगवानको आशीर्वाद प्राप्त गर्न वृष राशिका व्यक्तिले दूधका साथ मिश्री , चिनी वा शख्खर दान गर्न सक्छन् ।

मिथुन : भगवान् विष्णुलाई प्रसन्न गर्न मुंग र पाकेको आँप दान गर्नुपर्छ ।

कर्कट : यो राशिका व्यक्तिले भगवान विष्णुलाई खीरको प्रसाद चढाउनुपर्छ । त्यसपछि गरिब र खाँचो परेकाहरूलाई खाना ख्वाउनुपर्छ ।

सिंह : सिंह राशिका व्यक्तिहरूले भगवान विष्णुको कृपा प्राप्त गर्न शख्खर वा मह दान गर्नुपर्छ।

कन्या : कन्या राशि हुनेहरूले भगवान विष्णुको कृपा प्राप्त गर्न मौसमी फलफूल दान गर्नुपर्छ ।

तुला : यो राशिका व्यक्तिहरूले निर्जला एकादशीको दिन माटाको भाँडो दान गर्नुपर्छ भने यात्रुहरूलाई जल ९ पानी ० ख्वाउनु उपयुक्त हुन्छ ।

वृश्चिक : वृश्चिक राशिका व्यक्तिहरूले भगवान विष्णुलाई प्रसन्न तुल्याउन मौसमी फलफूल दान गर्नुपर्छ ।

धन : यो राशिका व्यक्तिले गाईलाई हरियो घाँस ख्वाउनुपर्छ भने हरिया सागसब्जी तथा फलफूल पनि दान गर्नुपर्छ ।

मकर : भगवान विष्णुलाई प्रसन्न तुल्याउन मकर राशिका व्यक्तिहरूले गरिबहरूलाई अन्न दान गर्नुपर्छ भने यात्रुलाई पानी ख्वाउनु उपयुक्त हुन्छ ।

कुम्भ : यो राशिका व्यक्तिहरूले भगवान विष्णुलाई खुसि राख्न गरिबलाई भोजन गराउनुपर्छ।

मीन : भगवान् विष्णुलाई प्रसन्न राख्न मीन राशिका व्यक्तिहरूले यात्रुहरूलाई जल उपलब्ध गराउँन सक्छन् भने असाहयहरुलाइ खाना पनि दान गर्न सकिन्छ ।

प्रतिक्रिया