बिहीबार, वैशाख ११, २०८२

श्रीमानका लागि भाग्यशाली राशि

नेपालखोज २०८० जेठ १९ गते ५:३०

कुनै-कुनै राशिका युवतीहरू आफ्ना श्रीमानका लागि धेरै भाग्यशाली मानिन्छन् । विवाह पछि उनको भाग्यसँगै श्रीमानको भाग्य पनि चम्किन्छ । यस्ता युवतिले श्रीमानलाई हरेक पाइलामा साथ दिन्छन् । ज्योतिषशास्त्र अनुसार प्रत्येक राशिको आ-आफ्नै प्रकृति हुन्छ जस अनुसार मेष रदेखि मीन राशी सम्म सबैका आ–आफ्नै गुण र दोष हुन्छन् । ज्योतिषशास्त्रमा केही राशिका युवतीहरूलाई भाग्यमानी मानिन्छ ।

श्रीमानको भाग्य नै उनका कारण चम्कने विश्वास गरिन्छ । यी युवतीहरु घरमा आएसँगै श्रीमानको भाग्य खुल्छ । आउनुहोस् जानौं ती भाग्यशाली राशिका बारेमा ।

मेष : मेष राशिका युवतीलाई भाग्यमानी मानिन्छ । यो राशिका युवतीहरुमा मंगल ग्रहको प्रभाव हुन्छ । मंगल ग्रहको प्रभावका कारण यो राशिका युवतीहरु निकै साहसी हुन्छन् । श्री मानको खराब समयमा पनि मेष राशिका युवतीहरूले सच्चा साथीको व्यवहार गर्छन् भने श्रीमानसँग काँधमा काँध मिलाएर हिँड्छन् ।

वृष – वृष राशिका युवतीहरु पनि श्रीमानका लागि भाग्यशाली हुन्छन् । यो राशिका युवतीहरु धेरै समझदार, मेहनती तथा बुद्धिमान हुन्छन् । यो उनीहरुका पतिका लागि धेरै भाग्यशाली साबित हुन्छ । यो राशिका युवतीले जोसँग विवाह गर्छन् उसलाई छिट्टै सफलता मिल्छ । यो राशिका महिलाले आफ्नो श्रीमान् र उनको घरलाई हरेक काममा सहयोग गर्छन् ।

कर्कट- यो राशिका युवतीहरु निकै शान्त स्वभावका हुन्छन् । यीनीहरू भावनात्मक प्रकृतिका मानिन्छन् । यस्ता व्यक्तिहरुको वैवाहिक जीवन निकै शान्त र सुखमय हुन्छ । यो राशिका युवतीहरु खराब समयमा पनि श्रीमानको साथमा रहन्छन् । ज्योतिष शास्त्रमा यो राशिका युवतीहरुलाई आफ्नो पतिका लागि कोहिनूर हीरा मानिन्छ ।

मकर – मकर राशिका युवतीहरु धेरै मेहनती र जोशीला हुन्छन् । उनीहरु कठिन समयमा पनि तुरुन्तै हार मान्दैनन् र आफ्नो श्रीमानलाई प्रोत्साहन समेत दिन्छन् । यो राशिका महिलाहरूले आफ्नो करियरमा मात्र प्रगति गर्दैनन् आफ्नो पतिको सफलतामा पनि महत्त्वपूर्ण भूमिका खेल्छन् । यीनिहरु राम्रो सल्लाहकार समेत साबित हुन्छ ।

मीन- मीन राशिका स्वामी देवगुरु बृहस्पति हुन । मीन राशिका युवतीहरूलाई धार्मिक कार्यमा बढी रुचि हुन्छ । यो राशिका युवतीहरू आफ्ना पतिलाई असाध्यै माया गर्छन् । उनीहरुको दाम्पत्य जीवन सुखमय रहन्छ भने सासु –ससुरासँगको सम्बन्ध पनि मधुर हुन्छ । यो राशिका युवतीहरु पतिका लागि भाग्यमानी मानिन्छन् ।

प्रतिक्रिया