आज जे भयो
तिर्थ श्रेष्ठ
२०८० जेठ २० गते १०:००

हिलोमा जो गाडिएको छ,आज त्यही पावन भयो
लुटन सक्दछ दुनियाँ जो, आज त्यही महान भयो
विनम्रताको के कुरा गर्नु अहंकारको यो दुनियाँमा
झुक्नु भन्दा कुल्चिनु जाती, आज त्यही सान भयो
किन्नु छ केही रकमले आज सभाको मुख्य आसन
विनिमयको यो दुनियाँमा आज त्यही दान भयो
कालै पोतियोस मुहारमा कालोमा कालो देखिदैन
समाचार छापिए पुग्छ यहाँ आज त्यही मान भयो
सत्ताको शिखरमा हुनेलाइ खुसी पार्नु पर्दछ यहाँ
भातेको भजन के भन्दछौ आज त्यही गान भयो ।
–तिर्थ श्रेष्ठ, पोखरा

तीर्थ श्रेष्ठ
तिर्थ श्रेष्ठ नेपालखाेजका स्तम्भकार हुन् ।
सम्बन्धित
प्रतिक्रिया