बुधबार, वैशाख १०, २०८२

जुनमा ओटिटिमा बहुप्रतिक्षित वेब सिरिजहरु प्रर्दशन हुदै

नेपालखोज २०८० जेठ २० गते १२:३०

जुन महिना ओटिटि ( OTT ) दर्शकहरूका लागि उत्कृष्ट हुनेछ । यो महिना, ‘असुर’, ‘द नाइट म्यानेजर’, ‘नेभर ह्याभ आई एभर’ जस्ता बहुप्रतिक्षित वेब सिरिजको नयाँ सिजन ओटिटि प्लेटफर्ममा देखा पर्दैछ। जियो सिनेमा होस् वा नेटफ्लिक्स, प्रत्येक ओटीटी प्लेटफर्ममा दर्शकहरूलाई मनोरञ्जन गर्नका लागि केही न केही नयाँ हुनै पर्छ।

‘असुर- २’ को धमाकेदार सुरुवात जियो सिनेमामा भैसकेको छ। अरशद वारसी, रिद्धि डोगरा र बरुण सोबतीको ‘असुर – २’ ले ओटीटी प्लेटफर्ममा तहल्का मच्चाइरहेको छ। आगामी दिनमा कलेजको रमाइलो हाइलाइट गर्ने वेब सिरिज युपी ६५ ( UP 65 ) पनि यो ओटीटी प्लेटफर्ममा स्ट्रिम हुने भएको छ । यो सिरिज ८ जुनमा रिलिज हुँनेछ । अर्कातर्फ मनिष पलको ‘रफुचक्कर’ जुन १५ मा आउनेछ ।

‘द नाइट म्यानेजर’ को नयाँ सिजन डिज्नी प्लस हटस्टारमा आउनेछ । शरिरको रौं ठाडा बनाउने शृङ्खला ‘स्कूल अफ लाइज’ जुन २ मा डिज्नी प्लस हटस्टारमा सुरु भैसकेको छ भने जुन ३० मा अनिल कपूर, आदित्य रोय कपुर तथा शोभिता धुलिपालाको वेब सिरिज ‘द नाइट म्यानेजर’को दोस्रो सिजन रिलिज हुँदैछ ।

अन्य भाषाका वेब शोहरूको कुरा गर्दा ‘द फुल मोन्टी’ जुन १६ मा र ‘सिक्रेट इन्भेसन’ जुन २१ मा आउँदैछन।

नेवर ह्याव आई एवर (Never Have I Ever) को चौथो सिजन नेटफ्लिक्समा आउँदैछ । हटस्टार जस्तै यस पटक नेटफ्लिक्समा एउटा मात्र हिन्दी वेब सिरिज रिलिज हुन लागेको छ । हंसल मेहताको क्राइम थ्रिलर वेब सिरिज ‘स्कूप’ जुन २ मा दर्शकका लागि उपलब्ध भैसकेको छ । आगामी शुक्रबार ‘म्यानिफेस्ट सिजन- ४’ को दोस्रो भाग रिलिज हुँदैछ ।

हलिउड स्टार अर्नोल्ड स्वार्जनेगरको बायोग्राफिकल डकुमेन्ट्री सिरिज ‘अर्नोल्ड’ जुन ७ मा आउँदैछ भने नेभर ह्याभ आई एभरको चौथो सिजन जुन ८ मा र कोरियन वेब सिरिज ब्लडहाउन्ड्स जुन ९ मा प्रदर्शन हुँदैछन ।

प्राइम भिडियोमा यो महिना कुनै हिन्दी वेब सिरिज रिलिज हुने छैन । यद्यपि अन्य भाषाका दर्शकहरूले बुटस रिलेको ‘आई एम भर्गो’ (जुन २३), टम क्ल्यान्सीको ‘ज्याक रायन – ४’ (जुन ३०) तथा ब्ल्याक मिरर सिजन- ६ (३० जुन) प्राइम भिडियोमा हेर्न पाउनेछन ।

प्रतिक्रिया