जलवायु परिवर्तनले विश्वलाई कसरी असर गर्छ ?

काठमाडौं । जलवायु परिवर्तनले विश्वभर विभिन्न प्रभाव पार्नेछ । संयुक्त राष्ट्र जलवायु निकाय आईपीसीसीका अनुसार, यदि विश्वव्यापी तापमान वृद्धि १.५ डिग्री सेल्सियस भित्र राखिएन भने बेलायत र युरोप अत्यधिक वर्षाका कारण भयानक बाढीको चपेटामा पर्नेछन ।
मध्य पूर्वका देशहरूले चरम गर्मीको लहर र व्यापक खडेरीको अनुभव गर्नेछन् । प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू समुद्रमा डुब्न सक्छन् । धेरै अफ्रिकी देशहरूले खडेरी र खाद्यान्न अभावको सामना गर्न सक्छन्।
पश्चिमी अमेरिकामा खडेरीको अवस्था सृजना हुनेछ जबकि अन्य क्षेत्रहरूले अझ तीव्र आँधीहरू देख्नेछन्। अष्ट्रेलियामा अत्याधिक गर्मी र जंगलमा लागेको आगोका कारण मृत्यु हुनेहरुको संख्या बढने सम्भावना छ ।
सरकारहरू के गर्दैछन् ?
धेरै देशहरू सहमत छन् कि जलवायु परिवर्तनलाई एकसाथ सँगै काम गरेर मात्र समाधान गर्न सकिन्छ । त्यसैले २०१५ मा पेरिसमा संसारभरका दसरकारहरुले एक ऐतिहासिक सम्झौता गर्दै ग्लोबल वार्मिंग १.५ डिग्री सेल्सियसमा राख्न प्रयास गर्ने वाचा गरे।
नोभेम्बर २०२२ मा इजिप्टले कोप -२७ (COP-२७ ) नामक शिखर सम्मेलनको आयोजना गर्यो जहाँ विश्व नेताहरू जलवायु परिवर्तनसँग लड्न नयाँ प्रतिबद्धताहरू गर्न एकसाथ प्रस्तुत भए । धेरै देशहरूले २०५० सम्म ‘नेट शून्य’ लक्ष्य हासिल गर्ने संकल्प गरेका छन् । यसको अर्थ हरितगृह ग्यास उत्सर्जनलाई सकेसम्म कम गर्नु तथा वायुमण्डलबाट समान मात्रामा अवशोषित गरेर बाँकी उत्सर्जनलाई सन्तुलनमा राख्नु हो ।
अहिले पनि वातावरणलाई यस्ता खतराबाट जोगाउन सकिने कुरामा विज्ञहरू सहमत छन् । तर यसका लागि सरकार, व्यवसायी तथा नागरिकहरूले अब ठोस परिवर्तन गर्न आवश्यक छ।
व्यक्तिगत रूपमा के गर्न सकिन्छ ?
ठूला परिवर्तनहरू सरकार र व्यवसायीहरूबाट आउने अपेक्षा गरिएको छ, तर वैज्ञानिकहरू भन्छन् – हाम्रो जीवनमा केही साना परिवर्तनहरूले पनि जलवायुमा देखिएको नकारात्मक प्रभावलाई सीमित गर्न सक्छ ।
के गर्ने ?
-हवाई उडानहरू कम गर्ने ।
-कार प्रयोग नगर्ने वा इलेक्ट्रिक कार प्रयोग गर्ने ।
-मासु तथा दुग्धजन्य पदार्थको प्रयोगमा कटौती ।
-ऊर्जा आवश्यकताहरूमा कटौती ।
-कम ऊर्जा प्रयोग गर्ने चीजहरू किन्ने ।
-घरको इन्सुलेशनमा सुधार ।
-ग्यास – तेल प्रणालीको साटो विद्युतीय प्रणालीमा जोड दिने ।
प्रतिक्रिया