अनलाइन ठगिको सिकारमा बलिउड स्टार्स

काठमाडाैं । अहिले संसारभर अनलाइन ठगि निकै बढेको छ । यस्तो ठगिबाट बलिउड स्टारहरु पनि अछुतो छैनन् ।
अनलाइन क्रेडिट कार्ड ठगीबाट नरगिस फाकरि सँग करिब १० लाख रुपैयाँ ठगी भएको थियो । अभिनेत्री नग्माको खाताबाट साइबर ठगहरूले करिब डेढ लाख रुपैयाँ निकालेका थिए । अक्षय खन्नाले पैसा दोब्बर बनाउने प्रलोभनमा परेर ८० लाख रुपैयाँ गुमाएका थिए ।
रिपोर्ट अनुसार करण सिंह ग्रोवर पनि अनलाइन ठगीको सिकार भएका थिए जसमा उनले धेरै पैसा गुमाए । समाचार अनुसार एटीएम ठगीका कारण स्वरा भास्करलाई निकै नोक्सान भएको थियो ।
माधुरी दीक्षितलाई अनलाइनबाट करिब ८० लाख रुपैयाँ ठगीएको खबर एकताका बाहिर आएको थियो । पुनीत इस्सारको खाता ह्याक भएको थियो । जसका कारण यी अभिनेता पुलिस सम्म पुगे । अभिषेक बच्चन पनि अनलाइन ठगीको सिकार भएका छन्।
यसैगरि ऋतिक रोशनसँग लगभग ८० लाख रुपैयाँको अनलाइन ठगी भएको थियो । साइबर ठगहरूले अन्नु कपूरसँग करिब ८ लाख रुपैयाँ ठगी गरेका थिए ।
प्रतिक्रिया