सोमबार, वैशाख ८, २०८२

कारोबार रकम बढेर तीन अर्ब ४५ करोड नाघ्यो

नेपालखोज २०८० जेठ २८ गते १५:२१

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से ४० दशमलव ४८ अंकले बढेर १९ सय ८० दशमलव शुन्य नौ अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १० प्रतिशतले बढेर तीन सय ७० दशमलव ५२ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ६१ हजार चार सय ५० पटकको कारोबारमा ९५ लाख २८ हजार दुई सय ५५ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार पाँच सय ६३ रुपैंयाँ ९१ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ८९ अंकले बढेर १२ सय १२ दशमलव ४४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि एक सय ६५ दशमलव ५५ अंकले बढेर तीन हजार सात सय १९ दशमलव ८० अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ९१ दशमलव ८८ अंकले बढेर १६ सय ९८ दशमलव ४९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ५६ दशमलव शुन्य चार अंकले बढेर २५ सय २७ दशमलव ४२ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ८७ दशमलव ९० अंकले बढेर १० हजार एक सय २६ दशमलव ५६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुुहको सुचक पनि एक सय ६५ दशमलव २२ अंकले बढेर १० हजार तीन सय ९९ दशमलव ३५ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुुचक पनि क्रमशः ५२ दशमलव ४५, तीन दशमलव ४४, एक सय ७१ दशमलव १३, ८२ दशमलव ७९, शुन्य दशमलव शुन्य छ, २७ दशमलव शुन्य नौं र ९५ दशमलव १७ अंकले बढेका छन् ।

नेप्सेमा आज भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ४५ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने ग्लोवल आईएमई व्यालेन्स फण्ड–१ को प्रतियुनिट सेयर मुल्य तीन दशमलव ८३ प्रतिशतले घटेर आठ रुपैंयाँ ७९ पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी नागरिक लगानी कोषको भने प्रतिकित्ता २४ सय ५४ रुपैंयाँ अन्तिम मुल्यमा ११ करोड ३६ लाख ५८ हजार सात सय ५८ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया