टेलिभिजनमा लोकप्रियताको मापन

काठमाडाैं । रुपाली गांगुलीको शो ‘अनुपमा’ ले पछिल्ला दुई वर्षदेखि भारतिय टेलिभिजनको संसारमा राज गरिरहेको छ । यद्यपि विगतमा धेरै पटक दर्शकले यो शोप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन् । यस्तो अवस्थामा अब यो शो र्याङ्किङको नम्बर १ बाट ३ नम्बरमा झरेको छ । ओर्म्याक्स मिडियाले दर्शकको रोजाई अनुसार मे २७ देखि जुन २ सम्मका सिरियलहरुको रेटिङ सार्वजनिक गरेको छ ।
‘तारक मेहता का उल्टा चश्मा’ लगातार चम्किरहेको छ । गत महिनादेखि १५ वर्ष पुरानो ‘तारक मेहता का उल्टा चश्मा’का निर्माता विवादमा छन् । त्यसपछि यो शोको रेटिङ घटछ भन्ने सबैलाई लागेको थियो तर त्यस्तो भएन । यो शो गत हप्ताको पावर रेटिंङको शीर्ष स्थानमा छ।
‘दि कपिल शर्मा शो’
यो लिस्ट हेर्दा अहिले मानिसहरु टिभीमा हुने सास बुहारिको नाटक देखेर दिक्क भैसकेको देखिन्छ किनभने ‘अनुपमा’ ले नम्बर दुईमा पनि स्थान पाउन सकेको छैन । कमेडी शो ‘द कपिल शर्मा शो’ यो सूचीको दोस्रो नम्बरमा छ ।
‘अनुपमा’ तेस्रो नम्बरमा
माया र बरखाको जालमा फसेपछि अनुपमाले अनुजलाई सदाका लागि छाडेर गएको दर्शकलाई मन नपरेको देखिन्छ । त्यसैले यस पटक धारावाहिक अनुपमाले दर्शकको माया अलि कम पाएको छ । नम्बर १ को दावेदार यो शो अब सिधै ३ नम्बरमा छ । यो लिस्टले ‘अनुपमा’का निर्माताहरुलाई ठूलो सन्देश दिएको छ ।
टेलिभिजन कार्यक्रमहरुको लोकप्रियता क्रम :
१. तारक मेहताका उल्टा चश्मा
२. दि कपिल शर्मा शो
३. अनुपमा
४. ये रिश्ता क्या कहलाता है
५ . इन्डियाज बेस्ट डान्सर
६. राधा मोहन
७. भाग्य लक्ष्मी
८. गुम है किसी के प्यार मे
९. कुण्डली भाग्य
१०. नागिन – ६
प्रतिक्रिया