३४ अकले बढ्दा चार अर्ब १२ करोडको सेयर किनबेच

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगबार पनि नेप्से बढेको छ । अघिल्लो दिन झण्डै आठ अंकले बढेको नेप्से आज पुन ३४ दशमलव १७ अंकले बढेर दुई हजार २० दशमलव ६४ अंकमा पुगेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५२ अंकले बढेर तीन सय ७९ दशमलव ८७ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरुको ७० हजार सात सय ५९ पटकको कारोबारमा एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौं सय ४३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली देखिएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ३६ अंकले बढेर १२ सय २२ दशमलव ८१ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ५८ दशमलव १४ अंकले बढेर ३७ सय ५९ दशमलव ३२ अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि ३६ दशमलव ९२ अंकले बढेर १७ सय १९ दशमलव १९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४८ दशमलव ५७ अंकले बढेर २५ सय ६८ दशमलव १० अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ७६ दशमलव ६० अंकले बढेर १० हजार चार सय १० दशमलव ८२ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय २४ दशमलव ९० अंकले बढेर १० हजार छ सय १८ दशमलव ५६ अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहको सुचक पनि क्रमशः एक सय तीन दशमलव ७६, एक दशमलव ३६, दुई सय २१ दशमलव ५७, ९६ दशमलव ७०, शुन्य दशमलव १७, १५ दशमलव ५३ र ६१ दशमलव ५० अंकमा पुुगेको छ ।
नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाको प्रकिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर आठ सय ८० रुपैंयाँ अन्तिम मुल्यमा प्र्रतिकित्ता सेयर कारोबार हुँदा प्रभु स्मार्ट फण्डको प्रतियुनिट सेयर मुल्य तीन दशमलव ९३ प्रतिशतले घटेर आठ रुपैंयाँ ३१ पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।
शिवम सिमेन्टको भने आज प्रतिकित्ता पाँच सय छ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा २७ करोड ६६ लाख ८७ हजार दुई सय ५० रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया