सोमबार, वैशाख ८, २०८२

पाँच अंकले बढ्दा तीन अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०८० जेठ ३२ गते १५:२१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेर नैं रोकिएको छ । अघिल्लो दिन १६ दशमलव ४२ अंकले बढेको नेप्से आज पाँच अंकले बढेर दुई हजार ४२ दशमलव सात अंकमा पुगेर रोकिएको हो ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ३० अंकले घटेर तीन सय ८३ दशमलव ३९ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरुको ५२ हजार आठ सय १४ पटकको कारोबारमा ७८ लाख ९६ हजार चार सय ७८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब १६ करोड २८ लाख १० हजार आठ सय ४३ रुपैंयाँ ५८ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सात वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक दुई दशमलव ३९ अंकले घटेर १२ सय ३६ दशमलव ४९ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि १२ दशमलव ६२ अंकले घटेर तीन हजार सात सय ११ दशमलव शुन्य छ अंकमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि आठ दशमलव ४३ अंकले घटेर २५ सय ७१ दशमलव ७४ अंकमा झरेकोमा फाईनान्स, लगानी, लघुवित्त र ट्रेडिङ समुहको सुचक पनि क्रमशः १६ दशमलव ३५, शुन्य दशमलव २०, २१ दशमलव ७६ र ४४ दशमलव ९५ अंकले घटेका छन् ।

जीवन बीमा समुहको सुचक भने आज तीन सय आठ दशमलव ४० अंकले बढेर १० हजार आठ सय ८१ दशमलव ६० अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४३ दशमलव ६१ अंकले बढेर १० हजार छ सय ९४ दशमलव ९० अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि दुई सय आठ दशमलव ७३, शुन्य दशमलव शुन्य एक र दुई दशमलव ९७ अंकले बढेका छन् ।

नेप्सेमा आज सिटी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९७ प्रतिशतले बढेर एक सय ७८ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर किनबेच हुँदा भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ८६ प्रतिशतले घटेर तीन सय रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता पाँच सय ३८ रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा १७ करोड ९३ लाख ४६ हजार १५ रुपैंयाँ ५० पैसाको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया