बुधबार, वैशाख १०, २०८२

यस्तो छ आज सुनको मूल्य

नेपालखोज २०७७ जेठ ३० गते १३:२१

काठमाडौँ । आइतबारयता दिनहुँ रेकर्ड कायम भइरहेको सुनको मूल्य आज (शुक्रबार) यथावत छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रूपैयाँ कायम छ।

तेजावी सुनको मूल्य पनि यथावत छ। महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार एक सय ६५ रूपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँ घटेर ९ सय ३५ रूपैयाँ पुगेको छ।

यसअघि आइतबार ८७ हजार ४ सय रूपैयाँ तोकिएको प्रतितोला छापावाल सुनको मूल्य दिनहुँ बढेर बिहीबार ८९ हजार ६ सय पुगेको थियो।

प्रतिक्रिया