आइतबार, वैशाख ७, २०८२

एनआईसी एसिया बैंकको एटिएम तोडफोड

नेपालखोज २०७७ जेठ ३० गते १४:०९

कैलाली । धनगढीस्थित एनआईसी एसिया बैंक प्रादेशिक कार्यालयको एटिएम तोडफोड गरिएको छ ।

प्रादेशिक कार्यालयको एटिएममा गएराति तोडफोड भएको बताइएको छ । बैैकमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको छ ।

मास्क लगाएको र हातमा पहेलो रंगको घडी लगाएको व्यक्तिले एटिएममाथि तोडफोड गरेको सिसिटिभिमा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले एटिएम तोडफोड भएपनि पैसा सुरक्षित रहेको जानकारी दिए । उनले एटिएम तोडफोड गर्ने व्यक्तिको खोजी भई रहेको बताए ।

प्रतिक्रिया