एक्लो हुनुको पनि मजा अर्को रहेछ
केशव आचार्य
२०८० असार २ गते ८:२५

मलाई एक्लो बनाउने घरको रहेछ।
एक्लो हुनुको पनि मजा अर्को रहेछ।
अप्ठ्यारो भोग्दै गए पछि थाहा भो,
मित्र भन्दा पनि शत्रु भरको रहेछ।। १
शत्रूसङ्ग रिस होइन मनमा इख राखौं।
तर कदापि आफ्नू जिब्रोमा बिष नराखौं।
स्वाभिमानको पनि अर्थ हुन्छ महोदय,
झोलीमा उपेक्षा गरी दिइएको भिख नराखौं। २
एउटा सानो बारीको कान्लामा अल्झिए,लाजमर्दो।
सुन्दै उदेक लाग्ने मामलामा अल्झिए,लाजमर्दो।।
म को हूँ, के हूँ, जनताले किन मलाई छानेरु बिर्सिएर ,
माननीयहरु राँगाको दाम्लामा अल्झिए लाजमर्दो।।। ३
सम्बन्धित
प्रतिक्रिया