५२ अंकले बढ्दा झण्डै पाँच अर्बको सेयर किनबेच

काठमाडौं । नेप्सेमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नैं नेप्से ५२ दशमलव २६ अंकले बढेर दुई हजार ९४ दशमलव ३३ अंकमा पुगेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव १८ अंकले उकालो लागेर तीन सय ९० दशमलव ५६ अंकमा चढेको छ ।
दुई सय ८० वटा कम्पनीहरुको ७० हजार छ सय ४७ पटकको कारोबारमा आज एक करोड २० लाख ९५ हजार नौं सय ६६ कित्ता कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ५५ अंकले घटेर १२ सय ३२ दशमलव ९३ अंकमा झरेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेका छन् ।
जसमध्ये बिकास बैंक समुहको सुचक ५० दशमलव १२ अंकले बढेर तीन हजार सात सय ६१ दशमलव १७ अंकमा पुगेकोमा फाईनान्स समुहको सुचक पनि ३५ दशमलव ७७ अंकले बढेर १७ सय २२ दशमलव ७३ अंकमा पुगेको छ ।
जलबिद्युत समुहको सुचक पनि एक सय दुई दशमलव शुन्य एक अंकले बढेर २६ सय ७३ दशमलव ७६ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि छ सय ९४ दशमलव १४ अंकले बढेर ११ हजार पाँच सय ७५ दशमलव ७४ अंकमा पुगेको छ ।
यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि पाँच सय दशमलव ३० अंकले बढेर ११ हजार दुई सय एक दशमलव २३ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः दुई सय ९४ दशमलव ४०, एक दशमलव शुन्य चार, एक सय ४२ दशमलव शुन्य एक, एक सय तीन दशमलव ५२, शुन्य दशमलव १२, ८६ दशमलव ३० र ८७ दशमलव शुन्य आठ अंकले बढेका छन् ।
नेप्सेमा आज नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर सात सय ६८ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा शुभम पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ५८ प्रतिशतले घटेर सात सय २७ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी शिवम सिमेन्टको भने आज प्रतिकित्ता पाँच सय ८५ रुपैंयाँ अन्तिम मुल्यमा ३६ करोड ६४ लाख ९९ हजार एक सय ५८ रुपैंयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया