सोमबार, वैशाख ८, २०८२

अस्ट्रेलियामा जुलाईदेखि दर्शक माथिको प्रतिबन्ध खुकुलो पारिदै

नेपालखोज २०७७ जेठ ३१ गते ९:३६

एजेन्सी । अस्ट्रेलियाले खेल इभेन्टसमा दर्शकमाथि लगाइएको प्रतिबन्ध आगामी जुलाईदेखि केही खुकुलो गर्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले जुलाईबाट स्टेडियममा दश हजारसम्म दर्शक जान पाउने जानकारी दिए ।

सरकारले कोरोना भाइरसका कारण मानिसको बाक्लो उपस्थिती हुने क्षेत्रहरुमा प्रतिबन्ध लगाएको थियो । तर अस्ट्रेलियामा अहिले कोरोना भाइरस नियन्त्रणमा आइसकेको छ ।

जुलाईदेखि लागु हुने गरी ४० हजार बढी दर्शक क्षमता भएका स्टेडियममा दश हजार जनालाई अनुमति दिइएको छ ।

प्रतिक्रिया