२६ अंकले घट्दा चार अर्ब ११ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन झण्डै तीन अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन २६ दशमलव ५६ अंकले घटेर दुई हजार ६४ दशमलव ८३ अंकमा पुगेको छ ।
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३६ अंकले घटेर तीन सय ८८ दशमलव शुन्य दुई अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय ६८ वटा कम्पनीहरुको ६३ हजार नौं सय ५० पटकको कारोबारमा एक करोड सात लाख ९२ हजार सात सय ४२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ११ करोड छ लाख छ हजार नौं सय ५३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ८९ अंकले घटेर १२ सय २३ दशमलव ७३ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक ५९ दशमलव १२ अंकले घटेर तीन हजार आठ सय ३३ दशमलव ४२ अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि ६७ दशमलव सात अंकले घटेर १७ सय ४५ दशमलव ५६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ६५ दशमलव २९ अंकले घटेर २५ सय ८८ दशमलव ६७ अंकमा पुगेको छ ।
यसैगरी जीवन बीमा समुहको सुचक पनि तीन सय १३ दशमलव ३४ अंकले घटेर ११ हजार ६८ दशमलव ६१ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ६१ दशमलव २८ अंकले घटेर १० हजार छ सय ६२ दशमलव ७० अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि क्रमशः ४८ दशमलव ६६, ८३ दशमलव ९२, शुन्य दशमलव ३१ र ३७ दशमलव ८८ अंकले घटेका छन् ।
उत्पादनमुलक समुहको सुचक भने आज नौं दशमलव ५५ अंकले बढेर पाँच हजार चार सय ८७ दशमलव ८६ अंकमा चढेकोमा लगानी र ट्रेडिङ समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ५४ र शुन्य दशमलव २४ अंकले बढेका छन् ।
नेप्सेमा आज सिटी होटल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ३७ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले घटेर १२ सय २२ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भने प्रतिकित्ता दुई सय ३७ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा २० करोड ५७ लाख ५३ हजार नौं सय ६१ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया