गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको मृत्यु
नेपालखोज
२०८० असार ५ गते १८:०६

काठमाडौं । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।
डढेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ५ बजेर ३३ मिनेट जाँदा उनको मृत्यु भएको मेडिकल कलेज सूचना अधिकारी सञ्जय पन्तले बताए । कांग्रेस सचेतक गीता चौधरीले पनि मन्त्री सिंहको मृत्यु पुष्टि गरिन् ।
सम्बन्धित
प्रतिक्रिया