सोमबार, वैशाख ८, २०८२

योग जीवन प्रक्रियाको अनुसन्धान हो : सदगुरु

नेपालखोज २०८० असार ६ गते ५:२५

जुन २१ मा विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । यो दिन योगको महत्वलाई जति सक्दो धेरै मानिसहरूसम्म पुर्‍याउने काम गरिन्छ। सद्गुरुले योगको महत्वका बारेमा हामीलाई केही कुरा बताउनु भएको छ ।

योग कुनै पनि धार्मिक सम्प्रदायसँग सम्बन्धित छैन। योगले प्रेम, अहिंसा, करुणा र सबैको साथ लिने कुरा गर्छ। धर्म, जात, वर्ण, क्षेत्र वा भाषाका आधारमा जन्मको भेदभावभन्दा परको कुरा हो ( योग । त्यसैले यसमा सम्पूर्ण विश्वलाई एउटै परिवारमा बाँध्ने क्षमता छ ।

योग जीवन प्रक्रियाको अनुसन्धान हो । यो अन्य सबै धर्महरू भन्दा पहिले अस्तित्वमा आएको थियो र यसले मानिसका सम्भावनाका ढोकाहरू खोल्ने काम गर्‍यो । योग नै एउटा यस्तो कुरा हो जहाँ मानिस प्रकृतिले तोकेको सीमाभन्दा बाहिर जान सक्छ ।

आन्तरिक र आध्यात्मिक विकास, मानव कल्याण र मुक्तिसँग सम्बन्धित यो विज्ञान भावी पुस्ताका लागि सबैभन्दा ठूलो उपहार हो। योगको विज्ञान आज जति महत्त्वपूर्ण छ, त्यति महत्त्वपूर्ण पहिले कहिल्यै थिएन। किनभने आज हामीसँग विज्ञान र प्रविधिका सबै साधनहरू छन्, जसले यो संसारलाई सृजना गर्न र नष्ट गर्न सक्छ ।

यस्तो अवस्थामा हामीमा जीवनप्रतिको चेतना र अरू सबै प्राणीलाई आफ्नो अंशका रूपमा महशुस गर्न सक्ने भावना हुनु अति आवश्यक हुन्छ अन्यथा आफ्नै सुख र कल्याणको पछि लाग्ने हाम्रो दौडले सबैलाई बर्बाद गर्नेछ ।

हाम्रो जनसङ्ख्याको एउटा भाग योग र ध्यानको मार्गमा लाग्न थाल्यो भने अवश्य पनि विश्वको गुणस्तर र स्तरमा सुधार आउनेछ ।

मानवजातिका सबै समस्याहरूको समाधान जीवनप्रतिको हाम्रो दृष्टिकोणको बिस्तार र व्यापकतामा निहित छ। मानिसले व्यक्तिबाट सार्वभौमिकता वा समग्रतामा जानुपर्छ । अन्तर्राष्ट्रिय योग दिवसको घोषणा यस दिशामा एउटा महत्त्वपूर्ण कदम हो, जसले विश्वभर एक प्रकारको लहर सिर्जना गर्न सक्छ।

प्रतिक्रिया