सोमबार, वैशाख ८, २०८२

गर्मीको प्रकोपबाट जोगिने उपाय !

नेपालखोज २०८० असार ६ गते ५:४६

गर्मीको लहर जारी छ । समयमै हेरचाह गरिएन भने यसले हामीलाई नकारात्मक असर पार्न बेर लाग्दैन । असार महिनामा घामको ताप घटाउन सकिँदैन तर केही कुरामा ध्यान दिए गर्मीबाट जोगिन सकिन्छ । गर्मी मौसममा झाडापखाला, टाइफाइडजस्ता गम्भीर रोग लाग्ने डर पनि हुन्छ । गर्मीको प्रकोपबाट जोगिने केही उपाय छन् जसलाई ध्यानमा राखे गर्मी मौसममा पनि कुनै रोगले छुन पाउँदैन ।

निम्न कुरामा ध्यान दिनुहोस्

– एसिबाट सिधै तातो घाममा नजानुहोस् । यदि एसी छोडेर सिधै तातो ठाउँमा गइयो भने त्यसले हाम्रो स्वास्थ्य बिगार्छ । गर्मीमा एसीबाट बाहिर निस्कनु पहिले त्यसलाई बन्द गरि शरीर सामान्य तापक्रममा आएपछि मात्र एसी कोठाबाट बाहिर निस्कनुपर्छ ।

– घामबाट आउने बित्तिकै तुरुन्तै चिसो पानी पिउने गल्ती गर्नुहुँदैन । यदि तिर्खा लागेको छ भने घामबाट आएपछि सादा वा घडाको पानी पिउन सकिन्छ । शरीर चिसो भएपछि मात्र चिसो पानी पिउनुपर्छ ।

– गर्मीको स्ट्रोकबाट जोगिन दिउँसो घाममा बाहिर निस्कनु हुँदैन । घाममा निस्कनै परे सुती कपडाले टाउको छोप्ने तथा हल्का रङको आरामदायक लुगा लगाउने ।

– गर्मीको स्ट्रोकबाट जोगिन शरीरलाई सधैँ हाइड्रेटेड राख्ने । यसका लागि सादा पानी पिउनुका साथै आँप , जुस, नरिवल पानी, कागती पानी आदि पिइरहनुपर्छ । यी सबै पेय पदार्थले शरीरलाई हाइड्रेटेड राख्छन् ।

– गर्मीक‍ो मौसममा झाडापखाला र टाइफाइडको डर हुन्छ। यस्तो अवस्थामा सडकमा खुला रुपमा बेचिने खानेकुराहरु बाट जोगिनुपर्छ । साथमा घरबाटै पानी लान सकिन्छ ।

प्रतिक्रिया