यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका ८ निर्णय

काठमाडाैं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो । मन्त्रिपरिषद्को सो बैठकले योसहित आठ निर्णय गरेको जनाइएको छ ।
बैठकले महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि १९८९ को सातौं आवधिक प्रतिवेदन समितिमा पठाउन स्वीकृत दिने, रक्षामन्त्री पूर्णबहादुर खड्कालाई ओमानमा हुने एक सम्मेलनमा सहभागिता जनाउन स्वीकृत दिने र नेपाल सरकार-बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ । बैठकले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकृत गर्ने विधेयक सदनमा पेश गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै प्रवक्ता शर्माले भारतीय चलचित्र आदिपुरुषमा रहेको केहि शब्द हटाएर सरकारको सेन्सर बोर्डबाटै पास गरिएको जानकारी दिइन् । उहाले भावनात्मक हिसाबमा सबै नेपाली एकै ठाँमा रहेको भन्दै भारतीय चलचित्र चल्न दिने वा नदिने भन्ने विषयमा सबैले क्षेत्राधिकार बुझ्नुपर्ने प्रष्ट्याइन् ।

प्रतिक्रिया