बिहीबार, वैशाख ११, २०८२

गौतम बुद्धका विभिन्न मुद्रा

नेपालखोज २०८० असार ७ गते ५:४४

गौतम बुद्धको नेपालमा मात्र नभएर विश्वभर विशेष स्थान छ । उनी बुद्ध धर्मका संस्थापक हुन् । उनी सानै उमेरमा राज्य त्यागेर तपस्याका लागि वन गए । महात्मा बुद्धले अहिंसा र करुणाको मार्ग अपनाए र मानिसहरुलाई त्यही कुरा सिकाए ।

ध्यान मुद्रा को अर्थ के हो

ध्यान मुद्रालाई समाधि मुद्रा वा योग मुद्रा पनि भनिन्छ। यो आसनमा गौतम बुद्धका दुवै हात आफ्नो काखमा देखिन्छ भने दाहिने हातलाई बाँया हातको माथि औंलाहरू फैलाएर राखिएको पाइन्छ । यो मुद्राले राम्रो कानून र संघको एकाग्रतालाई संकेत गर्छ ।

वितर्क मुद्रा

वितर्क मुद्रामा औँला र हत्केलाको माथिल्लो भाग जोडिएको हुन्छ । अन्य औंलाहरू सीधा रहन्छन् । यो मुद्रा बुद्धको शिक्षाको प्रचारप्रसारको प्रतीक हो भने यो मुद्राले आध्यात्मिक ज्ञानको प्रतिनिधित्व गर्छ ।

अभय मुद्रा

यो मुद्रामा दाहिने हातलाई काँधसम्म उठाएर, हातलाई झुकाएर औंलाहरूलाई माथितिर उठाएर हत्केलालाई बाहिरतिर फर्काएर राखिएको हुन्छ । यो मुद्राले निडरतालाइ संकेत गर्दछ। यसले सुरक्षा, शान्ति, परोपकार र डर हटाउने कुरको पनि प्रतिनिधित्व गर्छ ।

अञ्जली मुद्रा

अञ्जली मुद्रालाई नमस्कार मुद्रा पनि भनिन्छ। किनभने यो लगभग नमस्कार मुद्रा जस्तै देखिन्छ । यसमा हत्केलाहरू माथितिर फर्किएका हुन्छन्, दुवै हातका औंलाहरू एकसाथ जोडिएका हुन्छन् र औंलाहरूले एकअर्काको अग्रभागलाई छुन्छन । यो मुद्राले अभिवादन, प्रार्थना र आराधनाको संकेत वा प्रतिनिधित्व गर्छ ।

ज्ञान मुद्रा

ज्ञान मुद्रामा औँला र हत्केलाको माथिल्लो भाग जोडिएको हुन्छ र बाँकी औंलाहरूलाई सीधा राखिन्छ। यो लगभग अभय मुद्रा जस्तै हो तर यस मुद्रामा औंलाले औंलालाई छुन्छ। यो मुद्राले गौतम बुद्धको शिक्षाको प्रतीक पनि हो।

प्रतिक्रिया