माता लक्ष्मीलाई प्रसन्न पार्ने उपाय !

माता लक्ष्मीलाई धनकी देवी भनिन्छ । माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्ने व्यक्तिको जीवनमा सबै प्रकारको सुख प्राप्त हुन्छ । माता लक्ष्मीलाई प्रसन्न पार्न दैनिक गर्नुहोस् यी उपाय, हट्नेछ आर्थिक संकट !
धेरैलाई धेरै मेहनत गरेर पनि पैसा नहुँदा समस्यामा परेका छन् । धनको अभाव हटाउन माता लक्ष्मीको पूजा गर्नुपर्छ । माता लक्ष्मीलाई धनकी देवी भनिन्छ । धार्मिक मान्यता अनुसार सरसफाइको विशेष ध्यान राखिएको घरमा लक्ष्मीको वास हुन्छ । माता लक्ष्मीको आशीर्वाद पाउनको लागि घरमा सरसफाई राख्नुहोस् र सबैसँग प्रेमपूर्वक कुरा गर्नुहोस् ।
जुन घरमा मानिस रिसाउँछन्, त्यहाँ पनि माता लक्ष्मी बास गर्दैनन् । माता लक्ष्मीलाई प्रसन्न पार्न पूजा आरती दिनहुँ गर्नुहोस् । धार्मिक मान्यता अनुसार भगवान भावनाका भोका हुन्छन् । भगवान्लाई प्रसन्न पार्न भक्तिपूर्वक पूजा गर्नुपर्छ ।
लक्ष्मीको आशीर्वाद प्राप्त गर्नका लागि हरेक बिहान र बेलुका देवी लक्ष्मीको आरती गर्नुहोस् । यो आरती गर्नाले देवी लक्ष्मीको विशेष कृपा प्राप्त हुन्छ र आर्थिक समस्याबाट मुक्ति मिल्नेछ ।
प्रतिक्रिया