सोमबार, वैशाख ८, २०८२

सातामा २० अर्ब ६६ करोड रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० असार ८ गते १०:२६

काठमाडौ । यो साता नेप्से दुई हजार ५५ दशमलव ५३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८५ दशमलव ८१ अंकमा पुगेको छ ।

नेप्सेमा यो साता दुुई सय ८० वटा कम्पनीहरुको तीन लाख २० हजार एक सय ३४ पटकको कारोबारमा पाँच करोड २५ लाख २३ हजार दुई सय ८६ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम २० अर्ब ६६ करोड २० लाख ८४ हजार छ सय १२ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा केही बढी हो ।

गत साता भने दुुई सय ८५ वटा कम्पनीहरुको तीन लाख १४ हजार चार सय २८ पटकको कारोबारमा चार करोड ८२ लाख ४१ हजार आठ सय ७३ कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम १८ अर्ब ६४ करोड ८१ लाख ६८ हजार चार सय ४९ रुपैंयाँ पुगेको थियो ।

यो साता पाँच दिन नैं खुल्ला रहेको नेप्से पहिलो र पाँचौं दिन बढेर बाँकी दिनहरुमा भने घटेको थियो । जसमध्ये पहिलो दिन ५२ दशमलव २६ अंकले बढेर दुई हजार ९४ दशमलव ३३ अंकमा पुग्न सफल भएको नेप्से पाँचौं दिन पनि चार दशमलव ७५ अंकले बढेर दुई हजार ५५ दशमलव ५३ अंकमा कायम रहन सफल भएको थियो ।

यि बाहेकका बाँकी दिनहरुमा पनि नेप्से लगातार घटेको थियो । यसैगरी पहिलो दिन सात दशमलव १८ अंकले बढेर तीन सय ९० दशमलव ५६ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन भने शुन्य दशमलव ३० अंकले घटेर तीन सय ८५ दशमलव ८१ अंकमा सिमित हुन पुगेको थियो ।

यि बाहेकका बाँकी दिनहरुमा पनि सेन्सिटिभ इन्डेक्स लगातार घटेको थियो । कारोबार भएका कम्पनीहरु मध्ये यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया