‘भाषा र संस्कृतिको लागि प्रेम’ कला प्रदर्शनी सुरु
नेपालखोज
२०८० असार ९ गते ७:३४

काठमाडौं । नेपाल कला परिषद्मा ‘भाषा र संस्कृतिको लागि प्रेम’ विषयक कला प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ ।
नेपालस्थित बङ्गलादेश राजदूतावासद्वारा आयोजित उक्त प्रदर्शनी पाँच दिन सञ्चालन हुनेछ । यो प्रदर्शनीे चित्रकला देशको पहिचान हो भनी सबैलाई सुसूचित गर्न, भाषा, कला, संस्कृतिको संरक्षण र संवर्द्धनको जर्गेना गर्नका लागि आयोजना गरिएको हो ।
नेपाली चित्रकारद्वारा तयार पारिएका कला र संस्कृति झल्काउने विभिन्न तस्बिर प्रदर्शनीमा राखिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया