‘असक्षमता पनि गुण’

एक जना मन्त्री विदेशी पाउनाहरुको वैठकमा उपस्थित भए । त्यहाँ सवैले आफ्नो राष्ट्रिय भाषा प्रयोग नगरी अंग्रेजी भाषा प्रयोग गर्दै थिए । र सवैले मन्तव्य र विचार व्यक्त गर्दा अंग्रेजी मै गरे र एक मन्त्रीको पालो आएछ ।
उसलाई अंग्रेजी भाषाको ज्ञान थिएन । पढाइ कम थियो । ऊ धर्म संकटमा पर्यो र अब के गर्ने ? आफ्नो भाषामा विचार व्यक्त गरुम् कसैले बुज्दैन, अंग्रेजीमा बोलुम ज्ञान छैन् । संयोग, उनको मन्त्रालयको चतुर कर्मचारीले दो–भाषे प्रयोग गरी ती मन्त्रीको लाजलाइ बचाए ।
त्यो भन्दा बढी उनका नजिकका सुभचिन्तक र मिडियाले बचायो ।
सुरुमा पदभार ग्रहण गर्दा उनको त्यै योग्यताले उनको व्यंग्य भएको थियो । उसको योग्यतामा प्रश्न चिन्ह खडा गर्थे ।
‘अहिले हाम्रा मन्त्री ज्युले राष्ट्र इज्जत राख्नुभयो । विदेशीको अगाडी आफ्नो भाषामा विचार व्यक्त गर्नुभयो । राष्ट्रिय भाषाको उचाइ बढाउनुभयो । राष्ट्रियता देखाउनु भयो । धन्य ! मन्त्री ज्यु’
यस्तो टिप्पणी आयो ।
र
मन्त्री ज्यु मुसुक्क हाँस्नु भयो ।
र भन्नु भयो ‘राजनीति हो, कहिलेकाहीँ आफ्नो कमी र अक्षमता पनि राजनीतिमा गुण भएर आउछ । आखिर, कुर्सी र शक्ती हो । त्यसले आफ्नो कमी र असक्षमता छोप्छ’ बुुज्नुभयो ?
सबैले ताली पिटे ।
प्रतिक्रिया