अन्तर्घात गरेको आरोपमा जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित
नेपालखोज
२०८० असार ९ गते १९:४५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पाँच केन्द्रीय सदस्यलाई निष्कासन गरेको छ । उनीहरु माथि निर्वाचनमा अन्तर्घात गरेको आरोप छ ।
शनिवार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई निष्कासन गरेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
यससँगै जसपा केन्द्रीय समिति बैठकले समाजवादी मोर्चा र विधानको मस्यौदालाई अनुमोदन गरेको बस्नेतले बताए ।
सम्बन्धित
प्रतिक्रिया