सोमबार, वैशाख ८, २०८२

साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोज २०८० असार ९ गते २१:२१

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।

१, कर निर्धारण गरी राजस्व चुहावट गरेको सम्बन्धी मुद्दामा कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतसहित ३ जनालाई ९ वर्ष कैद र ४ अर्बभन्दा बढी जरिवानाको फैसला भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

२,  सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

३, चार दलीय समाजवादी मोर्चामा समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि समेट्ने घोषणा गरिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

४, राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

५, जनता समाजवादी पार्टी (जसपा)ले पाँच केन्द्रीय सदस्यलाई निष्कासन गरेको छ ।   विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

६, यदि हालकै दरमा ग्लोबल वार्मिङ जारी रहने छ भने हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरूले यो शताब्दीको अन्त्यसम्ममा आफ्नो ८० प्रतिशत हिउँ गुमाउने छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

७, मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

८, नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

९, नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

१०,  प्रहरीले पछिल्लो दुई सातामा रु दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

११, जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा पुर्णविराम लागेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया