यक्ष प्रश्नमा लुकेको छ, जीवनको सार

प्रश्न —परदेश देश जानेको साथी को हुनसक्छरु घरमा रहँदाको मित्र को होरु रोगीको मित्र के होरु मृत्युको मुखमा पुगेको व्यक्तिको मित्र को हो ?
उत्तर —सँगै गएको साथी यात्री नै परदेशको मित्र हो, घरमा रहँदाको मित्र स्त्री हो, वैद्य ९चिकित्सक० रोगीको मित्र हो, दान नै मुमूर्षु (मरने व्यक्तिको) मित्र हो।
प्रश्न —समस्त प्राणीको अतिथि को होरु सनातन धर्म कुन होरु अमृत के होरु अनि यो सारा जगत के हो ?
उत्तर — अग्नि समस्त प्राणीको अतिथि हो । गाईको दूध अमृत हो। अविनाशी नित्यधर्म (कर्म) नै सनातन धर्म हो र वायु नै सारा जगत हो।
प्रश्न —एक्लै को घुम्छरु एकपटक उत्पन्न भएर पनि बारम्बारको जन्मिन्छरु उत्तर —एक्लै सूर्य घुम्छ। चन्द्रमा एकपटक जन्मेर पनि बारम्बार जन्मिने र हराउने गर्छ (अर्थात् कलामा परिवर्तन हुँदा कहिले पूर्णिमा त कहिले औँशी आउँछ ) ।
प्रश्न —धर्मको मुख्य स्थान कुन होरु यशको मुख्य स्थान कुन होरु स्वर्गको मुख्य स्थान कुन होरु अनि सुखको मुख्य स्थान कुन हो ?
उत्तर —धर्मको मुख्य स्थान दक्षता हो। यशको मुख्य स्थान दान हो । स्वर्गको मुख्य स्थान सत्य हो र सुखको मुख्य स्थान शील (असल व्यवहार, आचरण) हो।
प्रश्न —मनुष्यको आत्मा कुन होरु उसको दैवकृत सखा कुन होरु उपजीवन ९ जीवनको सहारा० को होरु उसको परम आश्रय के हो ?
उत्तर —मनुष्यको आत्मा पुत्र (सन्तान) हो। उसको दैवकृत सखा स्त्री हो।उ सको उपजीवन मेघ हो ९पानी बर्साउने, पानी० हो। दान परम आश्रय हो।
प्रश्न —धन्यवाद योग्य पुरुषको (व्यक्तिको) उत्तर गुण के होरु धनमा उत्तम धन कुन होरु लाभमध्ये मुख्य लाभ कुन होरु सुखमध्ये श्रेष्ठ सुख कुन हो ?
उत्तर —धन्यवाद पाउने पुरुष या व्यक्तिको उत्तर गुण नै दक्षता हो। धनमा शास्त्रज्ञान उत्तम धन हो। लाभमा मुख्य लाभ आरोग्यता हो र सुखमा सन्तोष नै सर्वश्रेष्ठ सुख हो।
प्रश्न —संसारमा सर्वश्रेष्ठ धर्म कुन होरु नित्य फल दिने धर्म कुन होरु कसालाई अधीनमा राख्यो भने शोक हुँदैनरु कोसँग गरेको सन्धि नष्ट हुँदैन ?
उत्तर —दया नै संसारको सर्वश्रेष्ठ धर्म हो। वेदोक्त धर्म नै नित्य फल दिने धर्म हो, मनलाई वशमा राख्यो भने शोक हुँदैन र सत्पुरुषसँग गरेको सन्धि नष्ट हुँदैन।
प्रश्न —कुन वस्तुको त्याग गरेमा मनुष्य प्रिय हुन्छरु केलाई त्याग्दा शोक पर्दैनरु के त्याग्यो भने मानिस अर्थवान् हुनेछरु र के त्याग्यो भने सुखी होइन्छ ?
उत्तर —मानको त्याग गर्दा प्रिय होइन्छ। क्रोध त्याग्दा शोक हुँदैन। काम क्रोध त्याग्दा अर्थवान् होइन्छ र लोभ त्याग्दा सुखी होइन्छ।
प्रश्न —ब्राह्मणलाई किन दान दिइन्छरु नट वा नर्तकीलाई किन दान दिइन्छरु सेवकलाई दान दिने कारण के होरु अनि राजालाई किन दान दिइन्छ ?
उत्तर —ब्राह्मणलाई धर्मका लागि दान दिइन्छ। नट— नर्तकीलाई यशका लागि दान (इनाम) दिइन्छ । सेवकलाई उसको भरणपोषणका लागि दान (तलब, इनाम, बक्सिस, पारिश्रमिक) दिइन्छ भने राजालाई डरका कारण दान (कर) दिइन्छ।
ins
प्रतिक्रिया