सातै प्रदेशमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ भने, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ/गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक/दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ भने कोसी, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ/गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकाे विभागले जनाएकाे छ ।
प्रतिक्रिया