संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला

काभ्रे । काभ्रेपलान्चोकको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ ।
धुलिखेलस्थित शिखलापुर बाँसुरी धे–धेले धुलिखेलमा पहिलो पटक शनिवार बाँसुरी मेला आयोजना गर्न लागेको हो ।
मेलामा विभिन्न जिल्लाका १३ समूहबिच बाँसुरी धुन प्रतिस्पर्धा हुने धेलेका संस्थापक अध्यक्ष अरविन माकाजुले जानकारी दिए ।प्रतियोगितामा काभ्रेपलान्चोकको तीन समूह धुलिखेल खड्पु, बेथानचोक र पनौती बाँसुरी वाद्य बाधक तथा भक्तपुरको चार समूह, काठमाडौंकाे पाँच समूह र ललितपुरको एक समूहले सहभागिता जनाउने भएका छन् ।
धुलिखेल–७ स्थित नारायण स्थान लाछीमा आयोजित उक्त प्रतियोगितामा प्रथम हुनेलाई २० हजार ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई १५ हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई १० हजार पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । सो अवसरमा देवगण र दैत्य नाच तथा साङ्गीतिक प्रस्तुतिसमेत हुने बताइएको छ ।
धुलिखेललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न, संस्कृति तथा सम्पदाको थलोका रूपमा चिनाउन तथा धुलिखेलको भित्री बस्तीलाई उजागर गर्न सो प्रतियोगिताको आयोजना गरिएको हो ।
बाँसुरी बाजाको महत्त्व बुझाउन प्रतियोगिताबाट थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया