बिहीबार, वैशाख ११, २०८२

गुरु पूर्णिमाका दिन अपनाऔं यी उपाय

नेपालखोज २०८० असार १७ गते ५:३५

काठमाडौं । आषाढ महिनाको पूर्णिमालाई गुरु पूर्णिमाका रुपमा मनाइन्छ । यो वर्षको गुरु पूर्णिमा भोली असार १८ गते सोमबार परेको छ । गुरु पूर्णिमाको दिन गुरुको आराधना र गुरु मन्त्र जप गर्नु शुभ मानिन्छ । गुरु पूर्णिमाको दिन बृहस्पति ग्रहसँग सम्बन्धित केही उपाय गर्नाले जीवनमा सफलताको बाटो खुल्छ।

गुरु मन्त्रको जप

गुरु पूर्णिमाको दिन ‘ओम ग्रं हरि ग्रां स: गुरुवे नमः’ मन्त्र जप गर्नुपर्छ। यो मन्त्रको जपले कुण्डलीमा बृहस्पतिको स्थिति बलियो हुन्छ ।

पहेंलो वस्तु दान

पहेँलो रङ बृहस्पतिलाइ मनपर्ने रङ हो जबकि बृहस्पति पूर्णिमाको दिन चन्द्रमा सेतो हुन्छन । यस्तो अवस्थामा पहेँलो वा सेतो रङका वस्तुहरू (हिन्दू धर्मको महादान) दान गर्नाले गुरु बलिया हुन्छन् ।

पुस्तकको पूजा

गुरु पूर्णिमाको दिन आफ्नो शिक्षासँग सम्बन्धित कुनै पनि कुराको पूजा गर्नुपर्छ । कलम, किताब वा आफ्नो कामसँग सम्बन्धित कुनै पनि चीजको पूजा गर्न सकिन्छ ।

पिपलको रुखमा जल

गुरु पूर्णिमाको दिन पिपलको रुखमा जल चढाउँदा बृहस्पतिको स्थिति बलियो हुन्छ भने प्रगतिको अवरोध पनि हट्छ ।

सफलताको सम्भावना

यदि आफ्नो जीवनमा कुनै गुरु छैनन भने भगवानलाई आफ्नो गुरु मान्नुपर्छ । आफ्ना इष्टदेवलाई गुरु मानी उहाँको अगाडि ज्ञान दान गर्ने प्रतिज्ञा लिनुहोस् ।

यी सावधानी अपनाउने

बृहस्पती पूर्णिमाको दिन चन्द्रमाको पूजा गर्न नभुल्नुहोला । चन्द्रमालाई अर्घ्य पनि दिनुहोस्। चन्द्रदेवको प्रिय मन्त्र ‘ओम श्री श्री सह चन्द्रमसे नमः’ को जप अवश्य गर्नुहोस्। लक्ष्मीको पूजा गरी उनको नाममा फुलमाला चढाएर खीर भोग लगाउनुहोस् ।

प्रतिक्रिया