मंगलबार, वैशाख ९, २०८२

राजु र करणले ल्याए ‘धन्यवाद’ (भिडियो)

नेपालखोज २०८० असार १७ गते २१:१४

काठमाडौं । गायक राजु लामा र ‘द भ्वाइस अफ नेपाल सिजन ४’ बिजेता करण राईले ‘धन्यवाद’ गीत सार्वजनिक ल्याएका छन् । विजेता बनाउन सघाउने फ्यानलाई समर्पित गर्दै ल्याएको गीतमा कोच राजु र विजेता राईको स्वर समावेश छ ।

लामाको शब्द तथा संगीत रहेको गीतलाई देबेश राईले एरेञ्ज तथा मिक्सिङ गरेका छन् । ‘धन्यवाद’ गीतको भिडियोमा गुरु(चेला राजु र करण नै फिचर्ड छन् ।

गीतको शब्दमा दर्शकको माया खेर जान नदिने वाचा राजु र करणले गरेका छन् । यस भिडियोमा ईशक जाबेगुको निर्देशनसँगै सिनेमाटोग्राफी रहेको छ, भने इडिट तथा कलर सुप्रिम पराजुलीको छ ।

प्रतिक्रिया