सोमबार, वैशाख ८, २०८२

भारत र चीन संयम अपनाउ : संयुक्त राष्ट्रसंघ

नेपालखोज २०७७ असार ३ गते १४:४५

काठमाडौँ । भारत र चीनको सीमावर्ती क्षेत्रमा बढेको तनावलाई लिएर संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

सोमबार राति लद्दाखको गलवान उपत्यकामा भएको झडपप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले भारत र चीन दुबैलाई अधिकतम संयम अपनाउन आग्रह गरेको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका सहप्रवक्ता एरी कोनेकोले विज्ञप्ति जारुी गर्दै भनेका छन्, ‘लाइन अफ एक्चुअल कन्ट्रोलमा भएका हिंसात्मक झडप र मृत्युका खबरप्रति हामी चिन्तित छौं । भारत तथा चीनलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौं ।’

उनले दुई देशबीच तनावलाई कम गर्न प्रयास शुरु हुनु सकारात्मक भएको पनि जनाएका छन् ।

भारत र चीनबीच विगत एक महिनादेखिको तनाव बढ्दै गएर सोमबार राति हिंसात्मक झडपमा परिणत हुँदा २० भारतीय सैनिक मारिएका छन् । चीनतर्फ कति मारिए भन्ने औपचारिक जानकारी नभए पनि ४३ जनासम्मको हताहती हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया