मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
नेपालखोज
२०८० असार २६ गते ११:२४

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि आज विहान उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो ।
‘मनाङ् एयरको हेलिकप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ’, उनले भने ।
सम्बन्धित
प्रतिक्रिया