सुनचाँदीको मूल्य स्थिर
नेपालखोज
२०८० असार २६ गते ११:४३

काठमाडौं । नेपाली बजारमा लगातार तीन दिनदेखि सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।
यही साताको आइतबार यता चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १३९५ रुपैयाँ कायम छ ।
सम्बन्धित
प्रतिक्रिया