सोमबार, वैशाख ८, २०८२

दुई सय ८३ वटा कम्पनीहरूको दुई अर्ब ८५ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०८० असार २६ गते १५:२८

काठमाडौं । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि घटेको छ ।

नेप्से आज चार दशमलव ७३ अंकले घटेर दुई हजार ७२ दशमलव २४ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २५ अंकले बढेर तीन सय ८८ दशमलव ८६ बिन्दुमा चढेको छ ।

नेप्सेमा आज दुई सय ८३ वटा कम्पनीहरुको ५४ हजार नौं सय ४३ पटकको कारोबारमा ७९ लाख ८८ हजार नौं सय ८६ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ८५ करोड ९४ लाख ९० हजार चार सय ९० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ७९ अंकले घटेर १२ सय छ दशमलव एक अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २७ दशमलव ९९ अंकले घटेर २३ सय २७ दशमलव ४१ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि ८२ दशमलव ३१ अंकले घटेर १२ हजार ९४ दशमलव ५१ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव एक अंकले घटेर ११ हजार एक सय ८६ दशमलव ७७ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ८० दशमलव ७८, शुन्य दशमलव ३९, पाँच दशमलव ५३, आठ दशमलव ३२ र १९ दशमलव ५४ अंकले घटेका छन् ।

बिकास बैंक समुहको सुचक भने आज एक सय २९ दशमलव ११ अंकले बढेर तीन हजार नौं सय छ दशमलव ६२ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि ५८ दशमलव १६ अंकले बढेर दुई हजार छ सय दशमलव ६० अंकमा चढेको छ । यसैगरी उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमश: १८ दशमलव ३९ र शुन्य दशमलव शुन्य पाँच अंकले बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज हिमालयन पावर पार्टनर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ९३ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

सिंगटी हाईड्रो इर्नर्जी डेभलपमेन्ट लिमिटेडको भने आज प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ९६ प्रतिशतले घटेर दुई सय ६८ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको भने आज प्रतिकित्ता चार सय ९० रुपैंयाँ अन्तिम मुल्यमा १२ करोड ७८ लाख १३ हजार सात सय १९ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया