राष्ट्र बैंकले गर्याे २० अर्ब रुपैयाँको मौद्रिक उपकरण बिक्री
नेपालखोज
२०८० असार २८ गते १८:१२
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको मौद्रिक उपकरण बिक्री गरेको छ । बिहिबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार परिपक्व हुुने अवधि २९ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती २०८० साउन २६ गते तोकिएको छ ।
वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी बिक्री गरिएको उक्त मौद्रिक उपकरणमा खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको सीमा तोकिएको थियो ।
यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने सुविधा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया