साउनमा यी चीजहरू घरमा ल्याउनुहोस्
नेपालखोज
२०८० असार ३० गते ५:२८

त्रिशूल
भगवान शिवको हातमा सधैं त्रिशूल हुन्छ । साउन महिनामा चाँदीको त्रिशूल घरमा ल्याउँदा वर्षभरिको विपत्तिबाट रक्षा हुन्छ भन्ने मान्यता छ ।
रुद्राक्ष
सुख, सौभाग्य र समृद्धिका लागि साउनमा घरमा रुद्राक्ष भित्राउनुपर्छ वा चाँदीले बेरेर घरमा राखिएको रुद्राक्ष धारण गर्नुपर्छ ।
डमरु
यो भगवान शिवको पवित्र संगीत वाद्य हो । यसको पवित्र ध्वनिले वरपरका सबै नकारात्मक शक्तिहरूलाई भगाउँछ । त्यसैले साउनमा डमरु घरमा ल्याउन सकिन्छ ।
जल पात्र
भगवान शिवलाई पानी अति प्रिय छ । त्यसैले साउन महिनामा गंगा जल ल्याई घरमा राखेर महिनाभर शिवजिको पूजा गरिन्छ ।
चाँदीको चन्द्रमा
भगवान शिवको टाउकोमा चन्द्रमा विराजमान छ, त्यसैले चाँदीको चन्द्रमा ल्याई यो वर्षामा शिव पूजामा राखिन्छ ।
चाँदीको बेलपत्र
साउनमा चाँदीको बेलपत्र ल्याएर भगवान शिवलाई अर्पण गर्नाले लाखौं पाप नष्ट हुन्छ ।
सम्बन्धित
प्रतिक्रिया