आइतबार, वैशाख ७, २०८२

एमालेसहितका विपक्षी दलले गरे सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार

नेपालखोज २०८० असार ३० गते २१:१२

काठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलले सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् । एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाले बैठक बहिष्कार गरेका हुन् ।

बजेट पारित गर्ने कसरतमा सरकार रहेका बेला विपक्षी दलले बैठक नै बहिस्कार गरेका हुन् । यसअघि बजेट संशोधन नभए पारित नगर्ने अडान सत्तारुढ दल कांग्रेसकै सांसद्हरुले समेत चेतावनी दिएका थिए ।

प्रतिक्रिया