नेप्सेमा हरियाली, ४७ अंकले बढ्दा दुई अर्ब ५६ करोडको सेयर किनबेच

काठमाडौं । चालु आर्थिक बर्षको सुरुवातको पहिलो कारोबार दिन नैं नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन १२ दशमलव १६ अंकले बढेको नेप्से आज चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो कारोबार दिन ४७ दशमलव शुन्य सात अंकले बढेर २१ सय ४४ दशमलव १६ अंकमा पुगेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ९५ प्रतिशतले बढेर चार सय चार दशमलव १० अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको ५० हजार दुई सय ९९ पटकको कारोबारमा ७६ लाख ३४ हजार एक सय ९० कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५६ करोड एक लाख ९१ हजार दुई सय ८८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुुचक शुन्य दशमलव शुन्य सात अंकले घटेर बाँकी समुहहरुको सुचक उच्च अंकले बढेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक ३५ दशमलव २८ अंकले बढेर १२ सय ७० दशमलव शुन्य अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि एक सय ६१ दशमलव ३३ अंकले बढेर चार हजार ५६ दशमलव ५० अंकमा चढेको छ ।
यसैगरी फाईनान्स समुहको सुचक पनि ६९ दशमलव ५४ अंकले बढेर १९ सय ९४ दशमलव ८७ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव २० अंकले बढेर २४ सय एक दशमलव ३१ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ८२ दशमलव ८६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ६२ दशमलव ११ अंकले बढेर ११ हजार पाँच सय ४९ दशमलव ९६ अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय ५४ दशमलव २९, एक दशमलव २६, ७८ दशमलव ७०, ६१ दशमलव ३०, २० दशमलव ४६ र ३८ दशमलव शुन्य दुई अंकले बढेका छन् ।
नेप्सेमा आज बिपी डब्लु लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १२ सय ३२ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा कुमारी धनबृद्धि योजनाको प्रतियुनिट सेयर मुल्य आठ दशमलव ३७ प्रतिशतले घटेर नौं रुपैंयाँ २० पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।
यसैगरी शिवम सिमेन्टको भने प्रतिकित्ता छ सय ६२ रुपैंयाँ अन्तिम मुल्यमा १४ करोड ८६ लाख १९ हजार चार सय ५५ रुपैंयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया