झन्डै १० अंकले बढ्दा तीन अर्ब ५४ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको उच्च वृद्धिदरले साताको तेस्रो कारोबार दिन अर्थात् चालु आर्थिक वर्षको दोस्रो कारोबार दिन पनि निरन्तरता पाएको छ ।
अघिल्लो दिन ४७ दशमलव शून्य सात अंकले बढेको नेप्से आज मङ्गलवार पनि नौ दशमलव ९१ अंकले बढेर २१ सय ५४ दशमलव शून्य सात अंकमा पुगेको छ ।
यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शून्य चार अंकले बढेर चार सय सात दशमलव १३ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ५५ वटा कम्पनीहरूको ५६ हजार चार सय ७६ पटक सेयर किनबेच भएको छ । जसबाट ८६ लाख ७६ हजार चार सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम तीन अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको कारोबार भएकोमा छ वटा समूहहरूको सूचक घटेर बाँकी समूहहरूको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ७४ अंकले बढेर १२ सय ८३ दशमलव ८३ अंकमा पुगेकोमा जीवन बिमा समूहको सूचक पनि १८ दशमलव ८४ अंकले बढेर १२ हजार दुई सय ९२ दशमलव ८५ अंकमा पुगेको छ ।
यसै गरी निर्जीवन बिमा समूहको सूचक पनि एक सय ७८ दशमलव ७३ अंकले बढेर ११ हजार सात सय २८ दशमलव ६९ अंकमा पुगेकोमा लगानी, उत्पादनमूलक, लघुवित्त र अन्य समूहको सूचक पनि क्रमशः शून्य दशमलव १४, ७७ दशमलव ९६, १७ दशमलव ८७ र सात दशमलव ७१ अंकले बढेका छन् ।
विकास बैंक समूहको सूचक भने ३५ दशमलव ६० अंकले घटेर चार हजार २० दशमलव ९० अंकमा पुगेकोमा जलविद्युत समूहको सूचक पनि नौ दशमलव ९२ अंकले घटेर २३ सय ९१ दशमलव ३९ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि चार दशमलव १२ अंकले घटेर १९ सय ९० दशमलव ७५ अंकमा झरेकोमा होटेल तथा पर्यटन, सामूहिक लगानी कोष र ट्रेडिङ समूहको सूचक पनि क्रमशः ८६ दशमलव ३१, शून्य दशमलव शून्य छ र नौ दशमलव ३६ अंकले घटेका छन् ।
नेप्सेमा आज बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १३ सय ५५ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सानिमा लार्ज क्याप फण्डको प्रतियुनिट सेयर मूल्य पाँच दशमलव १४ प्रतिशतले घटेर सात रुपैयाँ ९३ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।
यसै गरी स्वालम्बन लघुवित्त वित्तीय संस्थाको भने प्रतिकित्ता आठ सय ७५ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड ७७ लाख ३९ हजार आठ सय ६३ रुपैयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया