बिहीबार, वैशाख ११, २०८२

शिव स्वरुपका १० विशेष कुरा

नेपालखोज २०८० साउन ४ गते ५:२३

जटा
भगवान शिवको जटा अन्तरिक्षको प्रतीक हो ।

चन्द्रमा
चन्द्रमा मनको प्रतीक हो । भगवान शिवको मन चन्द्रमा जस्तै पवित्र र उज्यालो छ ।

त्रिनेत्र
शिवका तीन आँखा छन् । शिवका यी आँखा सतब , रज , तम ९तीन गुण०, भूत, वर्तमान, भविष्य ९तीन काल ०, स्वर्ग, मृत्यु नर्क ९तीन लोक० का प्रतीक हुन् ।

नाग
सर्प तमोगुणी र संहारक हो, जसलाई भगवान् शिवले आफ्नो वसमा राख्नु भएको छ ।

त्रिशूल
त्रिशूलले भौतिक, दैविक तथा आध्यात्मिक तीनै प्रकारको तापलाई नष्ट गर्छ ।

डमरु
भगवान शिवको एउटा हातमा डमरु छ जसलाई उनले ताण्डव नृत्य गर्दा बजाउँछन् । यो डमरुको आवाज ब्रह्माको रूप हो ।

मुण्डमाला
शिवजीको घाँटीमा मुण्डमाला छ, जुन शिवले मृत्युलाई वशमा राखेको तथ्यको प्रतीक हो ।

बाघको छाला
बाघ हिंसा र अहंकारको प्रतीक हो । शिवको शरीरमा बाघको छाला हुनुको अर्थ उनले अहंकारलाई दबाएको भन्ने हो ।

भस्म
भगवान् शिवको शरीरमा भस्म दलिएको छ । शिवलिंगलाई पनि खरानीले अभिषेक गरिन्छ । खरानीको यो लेपले बताउँछ यो संसार नश्वर छ ।

नन्दि
महादेव नन्दिको सबारि गर्छन जसले धर्म, अर्थ, काम र मोक्ष उहाँको कृपाले मात्र प्राप्त हुने संकेत गर्छ ।

प्रतिक्रिया